शुक्रबार, जेठ ४, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ चैत २७ गते १२:०१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १७ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया