नेपालगन्ज विमानस्थलमा ओलीलाई स्वागत गर्न जहाजको ढोकैमा कार्यकर्ताको भिड

नेपालखोज २०७९ चैत २७ गते ११:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा नेपालगन्ज विमानस्थलमा हवाई सुरक्षाको उल्लंघन भएको पाइएको छ ।

नेपालगन्ज विमानस्थलमा सोमबार अवतरण गर्ने क्रममा बुद्ध एयरको ढोकैमा कार्यकर्ताहरुको भिड लागेको हाे ।

एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९:३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो ।

नेपालगन्ज सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन । तर, आज ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भिड लागेको देखिएको छ । ‘यो नहुनु पर्ने थियो,’ विमानस्थल प्रमुख खनाल भन्छन्, यसलाई व्यवस्थित गर्ने जिम्मा नेपाल प्रहरीको हो ।’

प्रतिक्रिया