भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु
नेपालखोज
२०७९ चैत २७ गते ११:४२

काठमाडौं । भारतमा चैबिस घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ । प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा दिल्लीमा ३ हजार ३०५ नमूना परीक्षणमा ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
महाराष्ट्रमा ७ सय ८८, बिहारमा ४२, हिमाञ्चलमा १ सय ३७ र राजस्थानमा १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमहरुल जनाएका छन् ।
संक्रमितमध्ये ३८ प्रतिशतमा नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिन पाइएको छ । एक्सबीबी वान सिक्टिन नेपालमा पनि फेला परिसकेको अवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया