शुक्रबार, जेठ ४, २०८१

सानिमा बैंक र दराजबीच ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य

नेपालखोज २०७९ चैत २७ गते १७:३५

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८देखि २०८० वैशाख७ गतेसम्म लागू हुनेछ ।

उक्त सहकार्य बमोजिम दराजको अनलाईन प्ल्याटफर्म बाट सानिमा बैंक डोमेस्टिक डेबिट÷क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ ।

ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंककोडेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया