शुक्रबार, जेठ ४, २०८१

एनआरएनएको सक्रियतामा वैदेशिक लगानी भित्र्याउन पहल, लगानी बोर्ड र प्रभु बैंकसँग छलफल

नेपालखोज २०७९ चैत २७ गते २०:०५

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) समन्वयमा नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम की र लगानी बोर्डका कार्यकारी अधिकृत शुसिल भट्टबीच भेटवार्ता भएको छ । नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भएको हो ।

भेटवार्तामा डा. लीले नेपालमा कोरियाका लगानी भित्र्याउन सम्भव रहेको बताउँदै त्यसको लागि बोर्डले पहल गर्न सुझाव दिए । उनले विदेशी लगानी र प्रविधि भित्र्याएर कोरिया विकसित राष्ट्र भएको स्मरण गर्दै नेपालले त्यो वातावरण बनाउनु पर्ने धारणा राखे । भेटवार्ताको क्रममा लीले नेपालले पनि कोरियको प्रविधि र लगानी भित्र्याएर विकास गर्न सम्भावना रहेको बताउँदै त्यसको लागि बोर्डको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।

लगानी बोर्डका सिइओ भट्टले सुरक्षाको ग्यारेण्टी सरकारले गरेको बताउँदै ढुक्क भएर लगानीको गर्न आग्रह गरेका थिए । केही कानूनी जटिलता भए त्यसमा आफूहरुले सहजीकरण गर्न तयार रहेको समेत भट्टले बताए । कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका लिले आजै प्रभु बैंकका पदाधिकारीसँग समेत छलफल गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितको बैठकमा लीले देश विकासमा बैंकहरुको लगानीकर्तालाई आकर्षण गर्न महत्वपूर्ण भूमिका हुने भन्दै त्यसको लागि प्रभु बैंकले भूमिका खेल्न सुझाव दिए ।

छलफलमा सिइओ शेरचनले आर्थिक अवस्था सहज हुँदै गइरहेको भन्दै वैदेशिक लगानीको सुरक्षा वातावरण गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए । दुवै बैठकको समन्वय एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गरेको थियो । संघका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिने र सो का लागि गैरआवासि नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए ।

छलफलमा एनआरएनएकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, रोप वे नेपालका अध्यक्ष गुणराज ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया