२०२३ को तीन महिनामा ५२ जिल्लामा डेंगु संक्रमित, कसरी बच्ने ?

नेपालखोज २०७९ चैत २८ गते ९:४२

काठमाडाैं । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष पनि गत वर्षझैँ डेंगु संक्रमणले महामारीको रूप लिने जोखिम बढेको छ । वर्ष २०२३ को तीन महिनामा ५२ जिल्लामा डेंगु संक्रमित देखिएको महाशाखाकाे तथ्यांक छ । 

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार वर्ष २०२३ को पहिलो तीन महिनामा ५२ जिल्लाका ४ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो जनवरीयता अप्रिल दोस्रो सातासम्मको रेकर्ड हो । तथ्यांक अनुसार संक्रमितहरूमा काठमाडौं उपत्यकासहित १ सय १२ पालिकाका नागरिक छन् । सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा यो संक्रमण देखिएको थियो । जसमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

कसरी बच्ने ?

डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन। भान्सा र वाथरूमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ। घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

प्रतिक्रिया