‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

नेपालखोज २०७९ चैत २८ गते १०:०२

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन्  । लिगको आठौं चरण अन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । जावलाखेल आज पाँचौं जितको योजनामा हुनेछ ।

यस्तै, च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मछिन्द्र आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र ७ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । खुमलटार ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया