गर्भनर महाप्रसाद अधिकारी आज पत्रकार सम्मेलन गर्दै

नेपालखोज २०७९ चैत २८ गते १०:२५

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आज पत्रकार सम्मेलन गर्दै छन् । देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई  लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ । 

प्रतिक्रिया