ढाकाले पठाए आयोगलाई लिखित स्पष्टीकरण

नेपालखोज २०७९ चैत २८ गते १२:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय सघोपछि हिजो राति ढाकाले स्पष्टीकरण दिएका हुन् ।

स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् । स्पष्टरुपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ ।

श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । यसअघि स्पष्टीकरणसँगै राजीनामा समेत दिने संकेत उनले अनुशासन आयोगलाई दिएका थिए ।

प्रतिक्रिया