समस्या ध्वनि प्रदूषणको

नेपालखोज २०७९ चैत २९ गते ९:११

काठमाडौं । प्रकृति र वातावरण सँगै ध्वनि प्रदूषणले पनि इकोसिस्टममा परिवर्तन ल्याइरहेको छ । सडकमा गुड्ने सवारी साधनको कोलाहल र हवाइजहाजको चर्को गर्जनाले ध्वनी प्रदूषण तीव्र गतिमा बढाइरहेको छ । यसले हाम्रो स्वास्थ्यमा मात्र असर गर्दैन, इकोसिस्टमलाई पनि नराम्रो सँग असर गरिरहेको छ । साँझसम्म चल्ने पार्टीहरूमा चर्को आवाजमा बज्ने सङ्गीतले केही मानिसका लागि रातलाई दिनमा परिणत गर्न सक्छ ।

कसैको निन्द्रा भंग हुन सक्छ। यसैगरि एक निश्चित सीमाभन्दा बाहिरको आवाज सहन जो कसैलाई पनि गाह्रो हुन्छ। बाटोमा गुडिरहेको सवारी साधनको कोलाहल, छेउछाउबाट गुज्रिरहेको रेलको आवाज, बारमा मदिरा पिउने ग्राहकको कोलाहल, उडिरहेको हवाइजहाजको चर्को गर्जन आदिले हाम्रो शरीरमा कुनै किसिमको दबाब परे जस्तो महसुस गराउँछन् ।

अहिले विश्वमा ध्वनी बढ्दै गएको छ र यससँगै ध्वनी प्रदूषण पनि बढिरहेको छ जसका कारण मानिस, पशुपन्छी र वनस्पतिलाई समेत धेरै नोक्सान पुगिरहेको छ । हालका दिनहरुमा ठूला सहरदेखि दुर्गम क्षेत्रसम्म ध्वनी प्रदूषणको चपेटामा परेका छन् । युरोपमा मात्र सडकको कोलाहलले ५ मध्ये १ जनाको स्वास्थ्यमा हानी पुर्याइरहेको छ ।

अत्याधिक आवाजका कारण मेटाबोलिक रोग , उच्च रक्तचाप तथा मधुमेहको जोखिम बढ्छ भने हृदयघात समेत हुन सक्छ । युरोपमा हरेक वर्ष ४८,००० मानिस मुटु रोगबाट प्रभावित हुन्छन् र करिब १२,००० मानिस चर्को आवाज र लगातारको आवाजका कारण अकालमै मर्छन्।

लन्डन देखि ढाका र बार्सिलोना देखि बर्लिन सम्म धेरै प्रमुख शहरहरु ठुलो कोलाहल गुज्रिरहेका छन । उदाहरणका लागि, न्युयोर्कमा, सार्वजनिक यातायात प्रयोग गर्ने ९० प्रतिशत मानिस सामान्य सीमाभन्दा माथिको आवाजको स्तरमा पर्छन् । यसले उनीहरूको श्रवण क्षमता समाप्त गर्न सक्छ ।

प्रतिक्रिया