बिहीबार, जेठ २, २०८२

सिन्धुलीगढी दुर्घटनास्थलबाट ३ जनाको शव निकालियो

नेपालखोज २०७९ चैत २९ गते ११:४८

काठमाडौँ । काठमाडौँतिर आउँदै गर्दा सिन्धुलीगढीमा दुर्घटनामा परेर मृत्यु भएका ३ जना भारतीय नागरिकको शव निकालिएको छ । सडकबाट ५ सय मिटर तल कार खसेपछि ३ जना भारतीय नागरिकको शव निकालिएको छ ।

कमलामाई नगरपालिका–६ स्थित गढी गेट नजिक भएको दुर्घटनामा धर्मेन्द्र शाह घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको एसपी सिलवालले बताए । सो कारमा सवार यात्रुहरू भारत बिहारस्थित समस्तिपुरका स्थानीय हुन् । उनीहरू तीर्थयात्राका लागी काठमाडौँ आउँदै थिए । सुरक्षाकर्मीहरूले घटनास्थलबाट कार निकाल्ने प्रयास गरिरहेका छन् ।

बिआर ०७ डीडी ०६८७ नम्बरको भारतीय कार आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुकेशकुमार चौधरी, मुत्यैज फुलहार, राजेश कुमार सिंह र अभिशेषक ठाकुर छन् । अभिषेकलाई उपचार गर्न सिन्धुली माडीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

प्रतिक्रिया