‘म्याक्रोँले सीको नितम्ब चुमे’

वासिङ्टन । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको बताईएको छ ।
फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य गरेका हुन् ।
आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलोपटक मुख्यधारको ‘मिडिया’ फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार पूर्वअमेरिकी राष्ट्रपतिले ‘म्याक्रोँ आफ्नो मित्र भए पनि उनले चीनलाई साथ दिएका छन्, उनले सीको नितम्ब चुम्बन गरेका छन् , ठीकै छ । फ्रान्स अब चीनको समर्थक भएको छ,’ फ्रान्सेली राष्ट्रपतिको अमेरिकी नीतिमा युरोपेली मुलुकहरू आबद्ध हुन नहुने अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने । आफू ह्वाइट हाउसबाट बाहिरिएपछि अमेरिकाले संसारबाट आफ्नो प्रभाव गुमाएको पनि उनले बताए ।
चीन भ्रमणबारे पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले ताइवानको विषयलाई लिएर बेइजिङ र वासिङ्टनबीचको द्वन्द्वमा युरोपेली देशहरू फस्न नहुने बताएका थिए । गत साता चीनको राजकीय भ्रमणपछि सार्वजनिक भएको उनको यो अभिव्यक्तिको विश्वभर चर्चापरिचर्चा भइरहेको छ ।
प्रतिक्रिया