मंगलबार, वैशाख १६, २०८२

सगरमाथामा गएको हिमपहिरोमा पुरिएर ३ शेर्पा आरोहीको मृत्यु

नेपालखोज २०७९ चैत २९ गते १५:०२

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरो जाँदा ३ जनाकाे मृत्यु भएको छ ।

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर ३ जना शेर्पा आरोहीको मृत्यू भएको हो । उनीहरु खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का हुन् ।

सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो ।

बिहान आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।

प्रतिक्रिया