पछिल्लो चौबीस घण्टामा १२१ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ चैत २९ गते १७:१२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो ।

६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा र १ हजार ७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४४५ पुगेको छ ।

प्रतिक्रिया