नेपाल प्रहरीको डीआईजी बढुवाका लागि सिफारिस

नेपालखोज २०७९ चैत २९ गते १७:३८

काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् ।

यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको छ । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहेको छ ।

प्रतिक्रिया