राशिका स्वामी ग्रहले स्वभावमा पार्ने प्रभाव

ज्योतिष शास्त्रमा १२ राशिका बारेमा उल्लेख गरिएको छ । राशिका माध्यमबाट मानिसको स्वभाव र भविष्यका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । व्यक्तिको स्वभावमा उसको राशिको स्वामी ग्रहको प्रभाव हुन्छ । आउनुहोस् जानौँ कुन राशिको स्वभाव कस्तो हुन्छ ?
मेष : मेष राशिको स्वामी ग्रह मंगल हो । यो राशिका मानिस निकै स्वतन्त्र विचारका हुन्छन् भने उनीहरुमा पराक्रम र साहस पनि निकै हुन्छ । यिनीहरु आफ्नो कुरा मानिसहरुका सामु कसरी राख्ने भन्ने बिषयमा राम्रो जानकार हुन्छन् । यो राशिका व्यक्तिलाई रिस भने चाडै उठ्छ । कुनै कुनै कुरामा त यिनीहरु निकै आक्रामण देखिन्छन्।
वृष : वृष राशिको स्वामी ग्रह शुक्र हो । यो राशिका व्यक्तिको स्वभाव निकै शान्त हुन्छ । यिनीहरु आफ्नो दायित्व र जिम्मेवारीका बारेमा जानकार हुन्छन् भने यिनीहरुका कुरा परिवारका सबै सदस्यले मान्दछन् । यिनीहरु धन – सम्पत्ति र प्रसिद्धिका लागि लालायित हुन्छन्।
मिथुन : मिथुन राशिको स्वामी ग्रह बुध हो । यो राशिका व्यक्ति वाक कलामा निपुर्ण हुन्छन् भने यिनीहरुलाइ कयौँ भाषाको ज्ञान पनि हुन्छ । कहिले काँही यिनीहरुका दुई अनुहार देख्न पाइन्छ जसका कारण यिनीहरुलाई बुझ्न निकै कठिन हुन्छ ।
कर्कट : कर्कट राशिको स्वामी ग्रह चन्द्र हो । यो राशिका व्यक्ति निकै सफा र स्वच्छ मनका हुन्छन् । यिनीहरु आफूले आफैलाइ निकै प्रेम गर्छन्। यिनीहरु कुटनीतिमा निकै माहिर पाइन्छन् । कयौँ अवस्थामा यी राशिका व्यक्तिको अभिमानी स्वभाव देख्न पाइन्छ ।
सिंह : सिंह राशिको स्वामी ग्रह सूर्य हो । यो राशिका व्यक्तिहरु सूर्यसँग प्रभावित हुन्छन् । यीनिहरुमा नेतृत्व गर्ने क्षमता बाल्यकालदेखि नै हुन्छ ।
यी राशिका व्यक्ति साहस र उर्जाका निकै धनी हुन्छन् । यिनीहरुको जीवन राजाको जस्तै विलासी देखिन्छ । घमण्ड र रिस यो राशिका व्यक्तिको नकारात्म पक्ष मानिन्छ।
कन्या : कन्या राशिको स्वामी ग्रह बुध हो। यिनीहरुको सोच रुढिवादी र आलोचक हुन्छ । कहिलेकाही यिनीहरुले सानो कुरालाई पनि पहाड बनाइ दिन्छन् । यो राशिका व्यक्तिमा सोचेको काम पूरा गर्ने स्वभाव निकै कमालको हुन्छ ।
तुला : तुला राशिको स्वामी ग्रह शुक्र हो । यो राशिका व्यक्तिहरु आकर्षक कुराहरु तर्फ उन्मुख पाइन्छन् । यो राशिका व्यक्तिलाई महंगो र ब्राण्डेट चीज निकै मन पर्छ । यो राशिका व्यक्तिल वादविवाद र बहसमा प्राय असफल हुन्छन् ।
वृश्चिक : वृश्चिक राशिको स्वामी ग्रह मंगल हो । यो राशिका व्यक्तिहरु आकर्षक व्यक्तित्वका धनि हुन्छन् । यिनीहरु आफ्नो भावना लुकाएर राख्छन् । त्यसैले यिनीहरुलाई सजिलै बुझ्न निकै मुस्किल हुन्छ । यिनीहरुमा उत्साह र पराक्रमको भावना पनि देख्न पाइन्छ ।
धन : धन राशिको स्वामी ग्रह वृहस्पति हो । देवगुरु वृहस्पति जस्तै यो राशिका मानिसहरु पनि निकै ज्ञानी हुन्छन् । यो राशिका व्यक्तिमा इमान्दारी, सच्चाई, विश्वसनियता र समझदारी हुन्छ । कहिले काँही यिनीहरुको रिसाहा र आक्रामक स्वभाव पनि देख्न पाइनछ।
मकर : मकर राशिको स्वामी ग्रह शनि हो । यो राशिका व्यक्तिहरु निकै गहिरो सोच राख्छन् । यिनीहरु आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा सजक हुन्छन् । यिनीहरुले जुन काम हातमा लिन्छन् , त्यसलाई पूरा गरेरै छोड्छन् ।
कुम्भ : कुम्भ राशिको स्वामी ग्रह शनि हो । यो राशिका स्वामिहरु निकै दयालु हुन्छन् । यिनीहरु बुद्धिमान , चतुर र तार्किक क्षमता भएका मानिन्छन् । यिनिहरु आफ्नो वाणीले जो कोहीलाई पनि साथी बनाउन माहिर हुन्छन् ।
मीन : मीन राशिको स्वामी ग्रह बृहस्पति हो । यो राशिका व्यक्ति बहुमुखी प्रतिभाका धनी हुन्छन् । यिनीहरु आफ्नो कुरा ब्यक्त गर्न तथा तर्क वितर्कमा माहिर मानिन्छन् । यिनीहरु आफ्नो नजिकका साथीको निकै ख्याल राख्छन् ।
प्रतिक्रिया