काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् : बालेन साह
नेपालखोज
२०७९ चैत ३० गते १३:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न केन्द्र सरकारलाई आग्रह गरेका छन् ।
राजधानी सारे पनि, सिंहदरबार सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका साहले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका थिए ।
सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’
उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

सम्बन्धित

प्रतिक्रिया