शनिबार, जेठ ५, २०८१

पछिल्लो चौबीस घण्टामा १०६ संक्रमित

नेपालखोज २०७९ चैत ३० गते १७:२१

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४३५ पुगेको छ ।

प्रतिक्रिया