शुक्रबार, वैशाख २८, २०८१

ह्याङओभर भगाउन के गर्ने ?, यस्ता छन् उपाय !

नेपालखोज २०७९ वैशाख ४ गते ११:११

धेरैजसो मानिसको सेलिब्रेसन वाइन-ह्विस्कीबिना अधुरो नै रहन्छ । कैयौंपटक अधिक मनोरञ्जन वा साथीले कर गरेका कारण अलि धेरै नै पिउने गरिन्छ । यसको नतिजा भोलिपल्ट ह्याङ्ओभरको रुपमा भोग्नुपर्छ ।

पार्टीको भोलिपल्ट खासै ठीक लाग्दैन । कसैलाई टाउको दुख्ने, थकान, आँखामा भारीपन जस्ता समस्या देखापर्छ । मद्यपानबाट हुने यिनै असरलाई हामी ह्याङ्ओभर भन्छौँ । कयौँ पटक ह्याङ्ओभरका कारण रिँगटा लाग्ने, तनाव हुने वा चिडचिडेपनाको गुनासो पनि आउने गरेका छन् ।

के हो ह्याङ्ओभर ?
१. सबै किसिमका अल्कोहल एथेनालबाट बनेका हुन्छन् ।
२. प्रत्येक ड्रिक्समा यसको मात्रा फरक-फरक हुने गर्छ ।
३. एथेनालमा एसिटेल्डिहाइड नामको केमिकल हुन्छ । यसले शरीरमा रहेको इन्जाइमलाई अन्य केमिकलमा परिवर्तन गर्ने गर्दछ ।
४. विज्ञहरुका अनुसार एसिटेल्डिहाइडका कारण ह्याङओभर हुने गर्छ ।
५. यदि कोही व्यक्तिले आफ्नो क्षमता भन्दा बढी ड्रिङ्क्स लिन्छ भने पार्टीको दोस्रो दिन उसलाई यसको असर देखा पर्छ ।
६. खाली पेटमा रक्सीको सेवन गर्नाले शरीरले यो तीव्र दरमा सोस्ने काम गर्छ । त्यसैले दोस्रो दिन ह्याङओभर हुन जान्छ ।
८. बिना पानी ड्रिङ्क्स लिनाले अल्कोहलले बारम्बार शौच आउछ । जसले शरीरमा इलेक्ट्रोलाइट्स कम हुन जान्छ । यो पनि ह्याङओभरको कारण बन्न जान्छ ।
९. रक्सीमा मिलाइने केमिकल, कन्जेनर्सले पनि ह्याङ्गओभर निम्त्याउँछ । कन्जेनर्स ह्विस्कीसहित गाढा रङका ड्रिङ्क्समा बढी हुने गर्छ ।
९. क्षमता भन्दा बढी पिउनाले पनि ह्याङओभर हुन जान्छ । ह्याङओभरको असर मानिसको उमेरदेखि लिएर रक्सी पिउने मात्रामा पनि पर्न जान्छ ।

ह्याङ्ओभरका लक्षण
ह्याङ्ओभरको लक्षण हरेक व्यक्तिमा भिन्न भिन्न तरिकाले देखिने गर्छ । यद्यपि, ह्याङ्ओभर हुँदा धेरै जसोको शरीरमा यस्ता परिवर्तन देखिने गर्छ । जस्तै-
मुख सुक्नु वा बढी प्यास लाग्नु
मांसपेशी र टाउको दुख्ने
थकान र कमजोरी
वाकवाकी लाग्ने र पेट दुख्ने
निद्रामा कमी
असाध्यै छाती पोल्ने
प्रकाश र ध्वनिप्रति संवेदनशीलता
कुनै कुरमा ध्यान केन्द्रित नहुनु
रिँगटा लागेको महसुस हुनु
खराब मूड, स्ट्रेस र चिडचिडापन ।

ह्याङओभर भगाउन के गर्ने ?
धेरै पानी पिउने । यसबाट हाइड्रेसन कायम हुनुका साथै शरीरको गन्ध हटाउन पनि मद्दत मिल्छ । मह र अदुवा खाने । मह र अदुवामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बान्ताबाट तुरुन्त राहत दिन्छ ।

कागती पानी पिउने :
एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउनुहोस्, यसले टाउको दुखाईमा राहत दिन सहयोग गर्छ ।

नरिवल पानी पिउनुहोस् :
नरिवल पानीमा इलेक्ट्रोलाइट्स हुन्छ । यसले शरीरमा तत्काल हाइड्रेसनको काम गर्छ र पोषक तत्व प्रदान गर्छ ।

कफी :
कफीले पनि सुुस्तता र टाउको दुखाइमा राहत दिन्छ ।

दही :
दही खानाले पनि शरीरमा खराब ब्याक्टेरियाको सट्टा राम्रो ब्याक्टेरिया बढाउँछ । यसबाट पनि ह्याङओभरको समस्या हट्छ ।

ह्याङ्ओभर नहोस् भन्नका लागि :

कार्बन बढी भएको भोजन लिनुहोस्
यसले रगतमा अल्कोहल विस्तारै मात्र घुल्छ त्यसैले भोलिपल्ट ह्याङ्ओभरको गुनासो रहन्न ।

आफ्नो सीमामा रहेर पिउनुहोस्
साथीहरुले भनेको आधारमा नभई आफ्नो सीमामा रहेर पिउनुहोस् ।

हल्का रङको ड्रिङ्क्स लिनुह‍ोस् :
हल्का रङको ड्रिङ्क्समा कन्जेनर्सको मात्रा कम हुन्छ । यसबाट संवेदनशील ह्याङओभरको सम्भावना कम हुन्छ ।

कार्बोनेटेड ड्रिङ्क्स नपिउनुहोस् :
कार्बोनेटेड ड्रिङ्क्सले तपाईँको रगतमा अल्कोहल घुुल्ने दर बढाउँछ । यसले ह्याङ्ओभरको दरको असर बढ्न जान्छ ।

सिगरेटबाट बच्नुहोस् :
धूमपानले हाइड्रोजन, प्रतिरोधी क्षमता र निद्राको गुणस्तरलाई प्रभावित बनाउँछ । यसबाट गम्भिर खालको ह्याङओभर निम्त्याउने आशंका रहन्छ ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया