राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश
नेपालखोज
२०७९ चैत ३० गते १९:३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया