थ्रीस्टार विजयी
नेपालखोज
२०७९ चैत ३० गते २१:२८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब विजयी भएको छ ।
एन्फा मैदानमा आज भएको खेलमा थ्रीस्टारले विभागिए नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको हो ।
अजयी मार्टिन्सको एक मात्र गोलमा थ्रीस्टारले जित निकाल्दै स्पष्ट ३ अंक जोड्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मार्टिन्सले ६५औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितपछि थ्रीस्टार अंकतालिकामा शीर्ष चारमा उक्लिएको छ ।
सिजनको छैटौं हार बेहोरेको नेपाल पुलिस क्लबले ८ खेलबाट ४ अंकसहित रेलिगेसन जोनमा छ ।
सम्बन्धित
प्रतिक्रिया