मंगलबार, असार २४, २०८२

यु-१६ क्रिकेट : सुदूरपश्चिम छनौट आजदेखि 

नेपालखोज २०८० वैशाख १ गते ७:३७

काठमाडाैं । सुदूरपश्चिम प्रदेशस्तरीय १६ वर्षमुनीको क्रिकेटको छनौट प्रतियोगिता आजदेखि अछाममा सुरु हुँदैछ । रिडिकोट खेलमैदान, साँफेबगरमा सञ्चालन हुने प्रतियोगिता वैशाख ७ गते सम्पन्न हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । 

उद्घाटन खेलमा बिहान साढे ८ बजे अछाम र डोटी भिड्ने संघका  सचिव तेजप्रकाश भट्टले जानकारी दिए । यस्तै आजै हुने अर्को खेलमा कञ्चनपुर र बझाङ आमनेसामने हुनेछन् ।  प्रतियोगितामा सहभागी प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।  

समूह ए मा कैलाली, बैतडी,डडेल्धुरा र दार्चुला रहेका छन् । समूह बी मा कञ्चनपुर, अछाम,डोटी र बझाङ रहेका छन् । दुबै समूहबाट शिर्षमा रहेका टोली फाइनल खेल्नेछन् ।  

प्रतिक्रिया