गुजरातले पञ्जाबलाई हरायो
नेपालखोज
२०८० वैशाख १ गते ७:४१

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत लिग गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ ।
जितका लागि पाएको १५४ रनको लक्ष्य गुजरातले १९ दशमलब ५ ओभरमा ४ विकेटको क्षतीमा भेट्टायो ।
जसमा शुभमन गिलले अर्भसतकीय पारी खेल्दै सर्वाधिक ६७ रनको योगदान गरे । अर्शद्वीप सिंह, कागिशो रबडा, हर्पित बरार र श्याम कुरनले समान एक एक विकेट लिए।
त्यसअघि मोहालीको पीसीए रंगशालामा टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १५३ रन बनायो ।
म्याथ्यू शर्टले सर्वाधिक ३६ रन बनाए । गुजरातका मोहित शर्माले २ विकेट हात पारे । उनी प्लेयर अफ द म्याच पनि चुनिए ।
जितसंगै गुजरात चार खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । पञ्जाब भने छैटौं स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया