मंगलबार, जेठ २८, २०८२

प्रधानमन्त्री प्रचण्डले आजदेखि नेता/कार्यकर्ता केन्द्रीय कार्यालयमा भेट्ने

नेपालखोज २०८० वैशाख १ गते ९:०४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हरेक साताको शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडाबाट नेता तथा कार्यकर्तासँग भेट गर्ने भएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षदेखि नयाँ कार्यक्रमको रुपमा हरेक साताको शुक्रबार पार्टी कार्यालय पुगेर भेटघाट गर्ने निर्णय गरेका हुन् ।

यही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।  माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ । 

प्रतिक्रिया