९ सय ८२ जनालाई विभूषण प्रदान
नेपालखोज
२०८० वैशाख १ गते १३:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् ।
निर्वाचन आयोगका आयुक्तहरू, कलाकार राजेश हमाल र दीपकराज गिरीलगायत ९ सय ८२ जनालाई राष्ट्रपतिले विभूषण प्रदान गरेका छन् ।
असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो ।
शुक्रबार शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।
सम्बन्धित
प्रतिक्रिया