‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’

नेपालखोज २०८० वैशाख १ गते १८:३५

काठमाडाैं । राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ । विभिन्न संघ÷संस्थाको आयोजनामा आठौ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको बताए । उनले भने, ‘पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै गएको छ, नागरिकमा राष्ट्रियता जगाउन पनि महोत्सवको आयोजना गरिएको हो ।’ रासस

प्रतिक्रिया