शुक्रबार, वैशाख १२, २०८२

धनु राशिका लागि वर्ष – २०८०

नेपालखोज २०८० वैशाख २ गते १०:३०

२०८० साल धनु राशि हुनेहरूका लागि शुभ एवं सुखदायक रहनेछ । यो वर्ष अधुरा कामहरुले पूर्णता पाउनेछन । आँटेको काम पूरा हुनेछ । शनि तथा बृहस्पतिको अनुकूलताका कारण वर्ष भरिनै भाग्य दाहिना हुनेछ । कसै कसैलाइ सन्तान सुख प्राप्त हुनेछ भने घरमा शुभकार्य तथा धार्मिक यात्राको योग छ ।

व्यवसायीक हिसाबले नयाँ व्यक्ति वा नयाँ कम्पनीसँग आवद्ध भइनेछ । विदेस यात्राको योग पनि छ । विश्वासिला व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपन सृजना हुनसक्छ ।

व्यापार – व्यवसाय : यो वर्ष व्यापार व्यवसायमा लगानीका लागि फलदायक साबित हुनेछ । घरजग्गा, प्रविधि, शैक्षिक क्षेत्र तथा शेयर कारोबारमा लाभ देखिन्छ । खाद्यान्नमा गरिने लगानी भने अनुकुल नरहन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज तथा कात्तिक महिना सबल देखिन्छन् भने असार र माघ महिना कमजोर छन ।

प्रेम जीवन : प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ भने घर परिवारको समर्थन पनि जुटनेछ । साउन र माघ महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् । टाढिएका मित्रसँग पुनः सम्बन्ध गाँसिनेछ । घरपरिवारसँगको सम्बन्ध भने त्यति अनुकुल नहोला ।

शिक्षा : अध्ययन – अध्यापनका लागि वर्ष सकारात्मक छ । अड्कीएका विषयहरुमा उत्तीर्ण हुन सकिनेछ । विदेसमा अध्ययन गर्नेहरुले पनि राम्रै सफलता हात पार्नेछन । व्यवस्थापन, कलाकारिता तथा इन्जिनियरिङका विध्यार्थीहरूका लागि समय बढि अनुकुल छ । शिक्षाका लागि विदेशको यात्रा हुने योग छ ।

करियर : प्राविधिक, घरजग्गा, स्वास्थ्य एवं निर्माण सँग सम्बन्धित व्यक्तिहरूले राम्रो लाभ लिन सक्नेछन् । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान प्राप्त गर्नेछन् । वैदेशिक रोजगारिको योग छ । सञ्चार, शिक्षण तथा सुरक्षा निकायका कर्मचारीहरूको सरुवा – बढुवा हुनसक्छ । पुँजी बजार, खाद्यान्न एवं दलाली भने कमजोर हुनसक्छ ।

स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । आफ्नो तथा घरपरिवारको औषधि उपचार सम्बन्धि खर्च बढ्नसक्छ । टाउकाको पीडा तथा हड्डीको समस्या पनि बढ्ला । आफ्नो स्वास्थ्यप्रति विशेष सजग रहनु होला ।

शुभ रङ्ग तथा अङ्क : धन राशिका लागि आकाशे, गुलाबी, पहेँलो तथा निलो रङ्ग शुभ मानिएको छ भने २, ४, ७ तथा ९ शुभ अङ्क हो ।

सुझाव : सोमबार शिवजीको दर्शन, पूजा तथा आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । गौ सेवा वा वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा उपलब्ध गराए भाग्य वृद्धि हुनेछ ।

प्रतिक्रिया