नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चल्याे

नेपालखोज २०८० वैशाख २ गते ९:३१
प्रतिकात्मक तस्बिर

काठमाडाैं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । 

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेता पुन भने उपचारका लागि चीनमा छन् ।

प्रतिक्रिया