किन जापानमा लाखौं मानिस एक्लै बस्न चाहन्छन् ?

काठमाडाैं । जापान सरकारको पछिल्लो एक सर्वेक्षण अनुसार जापानमा करिब १५ लाख मानिस एकान्तमा जीवन बिताइरहेका छन् । सर्वेक्षणमा संलग्न प्रत्येक पाँचौं व्यक्तिले कोरोना महामारीलाई यसको मुख्य कारण बताए ।
यो सर्वेक्षण अनुसार यस्तो एक्लो अवस्थाले किशोरावस्थादेखि वृद्धावस्थासम्मका सबैलाई व्यापक रूपमा असर गरिरहेको छ । देशको कार्यमुखी समाजमा मानिसहरू यसरी बिरक्त हुने कारणहरूमा बेरोजगारीदेखि लिएर डिप्रेसन अनि स्कूल वा कामको उत्पीडनसम्म छन् ।
यो सर्वेक्षण अनुसार जापानमा मानिसहरु किरानाका सामान किन्न वा शौक पूरा गर्न मात्र घर छोड्छन । त्यस बाहेक मानिसहरुले गम्भीर अवस्थामा बाहेक विरलै घर छोड्ने बताइएको छ । सर्वेक्षणमा १५ देखि ६४ वर्ष उमेर समूहका करिब दुई प्रतिशत उत्तरदाताले समाजबाट केही हदसम्म टाढा भएको महसुस गरेको बताएका थिए । तिनीहरूको संख्या लगभग १४.६ लाख छ।
यो सर्वेक्षण अनुसार उत्तरदाताहरूले आफूलाई समाजबाट अलग्ग राख्नुको कारण कोभिड महामारीपछि काम छाड्नु थियो , जसमा १५ देखि ३९ उमेर समूहका १८ प्रतिशत र ४० – ६४ वर्ष उमेर समुहका २० प्रतिशत थिए । जापानको मन्त्रिपरिषद् कार्यालयका अधिकारी कोजी नाइतोले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार केही ब्यक्ति कोभिडको समयमा घर बाहिर निस्कन निरुत्साहित भएका थिए र त्यसैले पनि उनिहरुले समाजसँगको सम्बन्ध गुमाए।
प्रतिक्रिया