शनिबार, वैशाख २२, २०८१

टेलिभिजनको विकल्पमा डिजिटल प्लेटफर्म

नेपालखोज २०८० वैशाख २ गते १४:१३

काठमाडाैं । यसपटकको आईपीएलको पहिलो साताका खेल ५५ करोड दर्शकले डिजिटल प्लेट फर्ममा हेरे । अहिले आईपीएलका खेलहरू डिजिटल प्लेटफर्म अर्थात् मोबाइल तथा ल्यापटपमा बढी हेरिन थालेको छ । यस्तोमा आईपीएलका खेल टिभीमा हेर्ने दर्शकको संख्या घटेको छ ।

ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल (BARC) को पछिल्लो रिपोर्ट अनुसार आईपीएलको लोकप्रियतामा कुनै कमी आएको छैन तर खेल हेर्ने प्लेटफर्म भने परिवर्तन भएको छ । आईपीएलको १६ औं सिजनका १० खेलको दर्शक तथ्यांकका आधारमा बिएआरसी ( BARC ) ले यो सिजनमा आईपीएलको टिभिआर ( TVR ) ४. ७२ प्रतिशत रहेको बताएको छ । यसको अर्थ कुनै क्षेत्रमा १०० टिभी अन छन् भने ४.७२ प्रतिशतले म्याच हेरिरहेका छन् भन्ने हो । पछिल्लो ६ सिजनमा यो दोस्रो सबैभन्दा कम संख्या हो । अघिल्लो वर्ष सबैभन्दा कम टिभिआर ३.६८ थियो। यद्यपि २०१८ र २०२० को बिचमा टिभिआरमा वृद्धि दर्ता भएको थियो । यस पटक २७ करोड ४० लाख दर्शकले टिभीमा आईपीएलको १६ औं सिजन हेरिरहेका छन् । यसमा २.५ करोड मानिस टिभी हेर्न घरबाहिर जान्छन् ।

अर्कातर्फ डिजिटल प्लेटफर्ममा आईपीएलका म्याच हेर्नेहरूको संख्या बढ्दै गएको छ। आईपीएलको सुरुवाती हप्तामा डिजिटल प्लेटफर्ममा ५ सय ५० करोडभन्दा बढी भ्युज प्राप्त भएको छ । यो आईपीएलको डिजिटल प्लेटफर्ममा पहिलो हप्ताको रेकर्ड पनि हो जसबाट १४७ करोड भारु कमाइ पनि भयो। डिजिटल प्लेटफर्ममा सबैभन्दा धेरै हेरिएको खेल राजस्थान रोयल्स र चेन्नईसुपर किंग्सको खेल राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीचको खेल थियो । उक्त खेल डिजिटल प्लेटफर्ममा २.३ करोड दर्शकले हेरे । यसअघि २०१९ मा आईपीएलको फाइनल डिजिटल प्लेटफर्ममा सबैभन्दा बढी १.८६ करोड दर्शकले हेरेका थिए ।

टिभीमा म्याच हेर्नेहरुको संख्या मात्र घटेको छैन, टिभीमा विज्ञापन दिनेको संख्या पनि ४० प्रतिशतले घटेको छ । गत वर्ष ६४ वटा विज्ञापनदाताले टिभीमा विज्ञापन दिएका थिए भने यो वर्ष उक्त संख्या घटेर ३५ पुगेको छ ।

यसमा क्यास्ट्रोल, टिभिएस, ओरियो, अल्ट्राटेक सिमेन्ट जस्ता पुराना ब्रान्डहरू समावेश छन्, जसले आफ्नो विज्ञापन खर्चलाई टिभीबाट डिजिटलमा सार्दै छन्। यससँगै ड्रीम ११, फोनपे, अमेजन, र्यापिडो जस्ता डिजिटल-फर्स्ट ब्रान्डहरू पनि समावेश छन्। यस्तो अवस्थामा जियो सिनेमाले आईपीएल को कुल विज्ञापन बिक्रीको ६० प्रतिशत भाग कब्जा गर्न सक्छ ।

अहिले २ फरक मिडिया नेटवर्कले आईपीएलको १६ औं संस्करणको प्रसारण गरिरहेका छन् । जस अनुसार रिलायन्सको जियो सिनेमासँग डिजिटल तथा स्टार स्पोर्ट्ससँग टेलिभिजन अधिकार छ। डिज्नी स्टारले भारतीय उपमहाद्वीपको टिभी अधिकार २३,५७५ करोड भारुमा किनेको थियो। जबकि भायोकम १८ (Jio Cinema) ले भारतीय उपमहाद्वीपको डिजिटल अधिकार २०,५०० करोड भारुमा तथा ३,२५८ करोड भारुमा चयन गरिएका ९८ वटा म्याचको गैर-विशेष डिजिटल अधिकारहरू खरिद गरेको छ । जियोले आईपीएलका खेलहरू नि:शुल्क देखाउँदै छ।

प्रतिक्रिया