शनिबार, वैशाख २२, २०८१

आउँदैछन् यी नयाँ स्मार्टफोन

नेपालखोज २०७९ चैत २० गते १५:११

काठमाडाैं । यदि तपाई आफ्ना लागि नयाँ स्मार्टफोन किन्ने योजनामा ​​हुनुहुन्छ भने आज हामी तपाईलाई ती स्मार्टफोनहरुका बारेमा बताउन गैरहेका छौं । जुन मोबाइल चाडैँ नै लन्च हुन लागेका छन् । यसमा बजेट स्मार्टफोनदेखि फ्ल्यागशिप र प्रिमियम फोन सम्म छन् । यी सबै स्मार्टफोन फाईभ जी ( 5G ) समर्थित फोन हुन्।

OnePlus Nord CE 3 Lite

चिनियाँ स्मार्टफोन निर्माता वनप्लसले आज अप्रिल ४ मा आफ्नो बजेट फोन OnePlus Nord CE 3 Lite लन्च गर्दैछ । य‍ स्मार्टफोनमा ६७ वाटक‍ो फास्ट चार्जिङका साथ ५००० एमएएचको ब्याट्री जडान गरिएको छ । यो मोबाइल फोनको मूल्य करिब ३५ हजार रुपैयाँ हुन सक्छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भैसकेको छैन ।

Asus ROG Phone 7

Asus ले अप्रिल १३ मा दुईवटा स्मार्टफोन Asus ROG Phone 7 तथा Asus ROG Phone 7 Ultimate लन्च गर्ने योजना बनाएको छ । यी दुबै स्मार्टफोनमा Snapdragon 8 Generation 2 chipset को सपोर्ट प्राप्त हुनेछ । यो फोनमा ६.७८ इन्चको स्क्रिन तथा ६००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ जसले ६५ वाट चार्जिङलाई सपोर्ट गर्नेछ ।

Vivo X90 Series

चिनियाँ स्मार्टफोन निर्माता भिभोले यो महिना Vivo X90 श्रृंखला लन्च गर्न सक्छ । कम्पनीले यो स्मार्टफोनलाई विश्व बजारमा लन्च गरिसकेको छ । य‍ो श्रृंखला अन्तर्गत कम्पनीले तीन किसिमका मोबाइल फोन Vivo X90, Vivo X90 Pro तथा Vivo X90 Pro लन्च गर्नेछ। केही चर्चित टिपस्टरले यी फोन मार्च महिनामा लन्च हुने कुरा पनि बताएका छन् । यद्यपी कम्पनीले यसको आधिकारिक घोषणा भने गरेको छैन ।

Poco F5

पोकोले यो महिना पोको F5 तथा पोको F5 Pro 5G लन्च गर्न सक्छ । यसको आधार मोडेलमा ६.६७ इन्चको AMOLED डिस्प्ले पाइनेछ जसले १२० हर्जको रिफ्रेस दरलाई समर्थन गर्नेछ । ६७ वाट फास्ट चार्जिङ भएको यो मोबाइल फोनमा ५००० एमएचको ब्याट्री प्राप्त हुनेछ ।

VIVO V27e

Vivo ले यो महिनाको अन्त्यसम्ममा बजेट स्मार्टफोन VIVO V27e लन्च गर्न सक्छ । यसमा MediaTek Helio G99 चिपसेट जडान हुनेछ । विश्व बजारमा लन्च भएको, VIVO V27e मा ट्रिपल क्यामेरा सेटअप , ६७ वाटको फास्ट चार्जिङ सहित अनेकन उत्कृष्ट सुविधाहरू उपलब्ध गराईएकोछ ।

Realme GT Neo 5 SE

रियल मीले यो महिना Realme GT Neo 5 SE लन्च गर्न सक्छ । यो मोबाइल फोनमा १४४ हर्ज रिफ्रेस रेटका साथ ६.७४ इन्चको AMOLED डिस्प्ले प्राप्त गर्न सकिनेछ । यसले ५५०० एमएएचको ब्याट्री, स्न्यापड्रागन ७ प्लस जेनरेसन -२ SoC सपोर्ट, ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा तथा १०० वाट फास्ट चार्जिङ प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया