आइतबार, असार २२, २०८२

आजको दिन म्याकडोनल्सको नाममा

नेपालखोज २०८० वैशाख २ गते १४:२३

अमेरिका । सन् १९४० को आजकै दिनको कुरा हो- क्यालिफोर्नियाका दुई दाजुभाइले एउटा सानो रेस्टुरेन्ट खोले । त्यसको विशेषता के थियो भने त्यहाँको मेनुमा २-४ वटा खानेकुरा मात्र थिए जसका कारण खानाको स्वाद सधैं उस्तै रह्यो । त्यहाँ अर्डर गरेको कम समय मै खानेकुरा आउँथ्यो। मानिसहरूलाई यो कुरा मन पर्यो र उनिहरुको व्यवसायले बिस्तारै पकड जमाउन थाल्यो । जब धेरै अर्डरहरु बढ्न थाले ति दाजुभाइले केही मेसिन पनि किने, जसमा मिल्कसेक बनाउने मेसिन पनि थिए ।

अब यहाँ रे क्रसको प्रवेश हुन्छ । क्रसले जीवनको २० वर्ष विभिन्न काममा बिताएका थिए । उदाहरणका लागि पानीमा गाडी चलाउने, पियानो बजाउने देखि लिएर सेल्सम्यानका रूपमा मिक्सर सम्म बेच्ने काम । क्यालिफोर्नियाको एउटा रेस्टुरेन्टले आफुबाट ६ वटा मिक्सर किनेको कुरा रे क्रसले नोटिसमा लिए । यति धेरै मिक्सर लिएर यी मानिसहरू के गर्दैछन् भनेर उनी त्यो रेस्टुरेन्ट पुगे । त्यहाँ उनले देखे कि यो रेस्टुरेन्ट सानो छ तर खानेहरूको लाइन छ ।

क्यालिफोर्नियामा धेरै रेस्टुरेन्टहरू छन् तर पनि यहाँ किन यति धेरै भीड ? रेले लाइनमा बसेका एक व्यक्ति सँग सोधे । त्यो ब्यक्तिले भन्यो यहाँ १५ सेन्टमा राम्रो बर्गर पाइन्छ र त्यो पनि कम समयमा । रे ले कुरा बुझे र तत्काल रिक र नेकसँग कुराकानी गरे । त्यस पछि उनले त्यो रेस्टुरेन्टको फ्रेन्चाइजी लिए । १५ अप्रिल २०५५ अर्थात आजकै दिन यसको पहिलो शाखा खोलिएको थियो । त्यसपछि के भयो सबैलाई थाहा छ । आज यो कम्पनीका १०० भन्दा बढी देशमा ३६,००० भन्दा बढी आउटलेट छन्, जहाँ हरेक दिन लगभग ५० लाख मानिसले खाना अर्डर गर्छन् ।

अहिले यसको आम्दानी ५ अर्बभन्दा बढी पुगेको छ । सन् २०२० मा यो कम्पनीको राजस्व नेपाली रुपैयाँमा करिब २३० हजार करोड थियो।

प्रतिक्रिया