शनिबार, वैशाख २२, २०८१

के भविष्यमा हाइड्रोजन कारले इलेक्ट्रिक कारलाई प्रतिस्थापन गर्नेछ ?

नेपालखोज २०८० वैशाख २ गते १४:३८

काठमाडाैं । पेट्रोल र डिजेलको बढ्दो मूल्यसँगै आईसीई इन्जिनबाट निस्कने धुवाँले पनि वातावरणमा धेरै क्षति पुर्याउँछन । जसका कारण सवारी साधन निर्माताहरुले इन्धनको नयाँ विकल्प खोजिरहेका छन् ।

पछिल्ला केही वर्षयता वैकल्पिक रूपमा विद्युतीय सवारी साधनको चलन निकै बढेको छ । यो तुलनात्मक रूपमा सस्तो र कम हानिकारक छ । योसँगै अब हाइड्रोजनको नयाँ विकल्प पनि देखा परेको छ । हालसालै सम्पन्न एउटा अटो एक्स्पो ( २०२३ ) मा एमजी मोटर्सले आफ्नो हाइड्रोजन कार Euniq सेभेन प्रस्तुत गर्‍यो । उक्त कार हाइड्रोजन सेल बाहेक अरु धेरै सुविधाहरूले सुसज्जित थियो ।

यस सँगै टोयोटाले आफ्नो मिराई कारको कन्सेप्ट संस्करण पनि सार्वजनिक गरिसकेको छ । विद्युतीय तथा हाइड्रोजन दुवै किसिमका सवारीलाई भविष्यका सवारी साधनका रूपमा हेरिएको छ र दुवैले पेट्रोल कारलाई प्रतिस्थापन गर्न सक्छन् । तर प्रश्न उठ्छ हाइड्रोजन र बिजुली कारमध्ये कुन सस्तो, टिकाउ र भरपर्दो साबित हुन्छ ?

कुन कारले बढी रेन्ज दिन्छ ?

यसमा कुनै शंका छैन कि हाइड्रोजन गाडीको दायरा बढी छ। हाइड्रोजन कारको घनत्व पनि उच्च छ, जसले गर्दा यी कार लिएर टाढासम्म पुग्न सकिन्छ। हाल अफरमा रहेको मोडलका आधारमा टोयोटाको मिराईले एक पटकको चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज दिन सक्छ । जबकि विद्युतीय सवारी साधनमा अहिलेसम्म देखिएको सामान्य रेन्ज २५० किलोमिटर छ।

बजेट अनुकूल

थप रेन्जसँगै सवारी साधन बजेट अनुकूल पनि हुनुपर्छ । यसका आधारमा मध्यमवर्गीय परिवारको बजेटमा विद्युतीय सवारीसाधन सहजै आउन सक्छन् भने हाइड्रोजनबाट चल्ने सवारी साधनमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यस कारण यसको मूल्य पनि उच्च छ । त्यसैगरी कम्पनीहरूका लागि सबैभन्दा ठूलो चुनौती यी कारलाई कम मूल्यमा ल्याउनु हुनेछ।

रिफिल समय

यदि विद्युतीय र हाइड्रोजन दुबै सवारी साधनले पेट्रोलका सवारी साधनहरू लाइ प्रतिस्थापन गर्ने हो भने यसलाई रिफिल गर्न कम समय लाग्नुपर्छ । एकातिर विद्युतीय कार डिस्चार्ज भएपछि फुल चार्ज हुन ४ देखि ८ घण्टा लाग्छ । जबकि हाइब्रिड कारमा यस्तो समस्या छैन । एक इन्धन स्टेशनमा एक किलो हाइड्रोजन रिफिल गर्न केवल ५ देखि १० मिनेट लाग्छ, जुन पेट्रोल रिफिलिङ जस्तै हो ।

प्रतिक्रिया