सीके राउत भन्छन्- प्रधानमन्त्री आफैँ त कति दिन टिक्ने भन्ने ठेगान छैन
नेपालखोज
२०८० वैशाख २ गते १७:०२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्ड कत्ति दिन टिक्ने कुनै ठेगान नभएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्ताे बताएका हुन् ।
राउतले लेखेका छन्, ‘यहाँ प्रधानमन्त्री आफैँ त कति दिन टिक्ने ठेगान छैन । मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैँ बहिर्गमन हुँदै छ । सत्ताधारीको धम्कीको कुनै अर्थ छैन । चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार भए जनमतको मुख्यमन्त्री बन्दै छ, नभए कांग्रेसको ।’

सम्बन्धित
प्रतिक्रिया