परराष्ट्रमन्त्री एनपी साउद बन्ने
नेपालखोज
२०८० वैशाख २ गते १८:१५

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि शपथ लिने तय भएको छ ।
कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो ।
साउदलाई आइतबार प्रधानमन्त्री दाहालले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया