घरेलु मैदानमा पराजित भयो लखनउ
नेपालखोज
२०८० वैशाख ३ गते ५:५६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउ सुपर जायन्टलाई पराजित गरेको छ। यो पन्जाबको तेस्रो जित हो।
अटल बिहारी क्रिकेट स्टेडियम , लखनउमा शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पन्जावले २ विकेटले हरायो।
लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै पन्जाब ५ खेलमा ६ अंक जोडदै चौंथो स्थानमा उक्लिएको छ भने लखनउ ६ अंक नै जोडदै दोस्रो स्थानमा छ।
सम्बन्धित

प्रतिक्रिया