भारतका प्रमुख सहरमा आजदेखि पर्यटन प्रवर्द्धन

काठमाडाैं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा आजदेखिदेखि वैशाख ८ गतेसम्म भारतका प्रमुख सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम हुने भएको छ ।
कोभिड– १९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पोखराको पर्यटन सुस्ताइरहेको अवस्थामा पोखरा र नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३’ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मी सहभागी बन्ने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।
“कार्यक्रमका कार्यक्रममा टोलीले पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारलाई आमन्त्रण गरी पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामग्री वितरण गरिने छ”, उनले भने, “त्यहाँस्थित आम नागरिकलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गर्ने हाम्रो योजना छ ।”
कार्यक्रममा पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने जानकारी दिइने महासचिव सङ्गीता पौडेलले जानकारी दिए ।
प्रतिक्रिया