यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैयाँ र बिक्रीदर १४५ रुपैयाँ ०९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ८४ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैया ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया