वाइनका साथ योग
नेपालखोज
२०८० वैशाख ३ गते १०:०७

काठमाडाैं । योग अब पुर्वीय संस्कार मात्र रहेन । यो अहिले विश्वब्यापि भैसकेको छ भने यसका विधिहरू पनि हाम्रो मौलिक योगभन्दा धेरै फरक भएका छन् । अहिले विश्वभर योगमा विभिन्न प्रकारका प्रयोगहरू भैरहेका छन्।
बैंककका एकथरि योगीहरू अहिले गगनचुम्बी भवनको छतमा वाइनका साथ योग आसन गरिरहेका छन । यो थाइल्याण्डको राजधानी बैंककको दृश्य हो, जहाँ सनराइज वाइन योग कक्षाको आयोजना गरिएको थियो । यो कक्षा बैंककको अग्लो भवन राजा पावर महानखानको छतमा चलिरहेको छ ।
कक्षामा योग भैरहेको छ र सबैको हातमा वाइनको गिलास छ । यसलाई सनराइज वाइन योग भनिन्छ, जसमा मानिसहरू सूर्योदयको समयमा यो भवनको छतमा वाइनका साथ योग गर्छन् ।
सम्बन्धित

प्रतिक्रिया