बुधबार, वैशाख १७, २०८२

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै

नेपालखोज २०८० वैशाख ३ गते १६:३७

नेपालगञ्ज । पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ ।

त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विकास र विस्तार गर्ने अवधारणा अघि सारिएको हो ।

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य बजारमा प्रवर्द्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया