आइपिएल क्रिकेटमा मुम्बईले पावर प्लेमा २ ओभर बलिङ गर्दै १७ रन खर्चिए तर विकेट लिएनन्
नेपालखोज
२०८० वैशाख ३ गते १८:१४

काठमाडौं । भारतीय पूर्व स्टार क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले इन्डियन प्रिमियर लिग आईपीएलमा डेब्यु गरेका छन् ।
उनले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा डेब्यु गरेका हुन् । अहिले भइरहेको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मुम्बई इन्डियन्सले अर्जुनलाई प्लेइङ सेटमा समावेश गरेको थियो । पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८६ रन जोडेको छ ।
बायाँ हाते मिडियम फास्ट अर्जुनलाई पहिलो ओभरमै बलिङमा ल्याइएको थियो। उनले त्यस ओभरमा ५ रन मात्र खर्चिएका थिए । त्यसपछि लगत्तै तेस्रो ओभरमा आएका अर्जुनले १२ रन दिए ।
उक्त ओभरको अन्तिम दुई बलमा वेन्कातेस अयरले एक छक्का र एक चौका प्रहार गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया