घरेलु मैदानमा मुम्बईले हरायो कोलकातालाइ

नेपालखोज २०८० वैशाख ३ गते २०:०६

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान रोहित शर्माको स्थानमा मुम्बईले सूर्यकुमार यादवलाई आजको खेलको कप्तानीको जिम्मेवारी दिएको थियो ।

जितको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा युवा ओपनर ईशान किशनले २५ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । कप्तान सूर्यकुमार यादव २५ बलमा ४ चौका र ३ छक्कासहित ४३ रनमा आउट भए ।

सूर्यले आइपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् । रोहितको पेटमा समस्याका कारण आजको खेलमा उनले कप्तानी बाट बिश्राम लिएका थिए । रोहितले दोस्रो इनिङमा इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ गरेका थिए ।

कोलकाताका लागि युवा स्पिनर सुयश शर्माले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन, शार्दुल ठाकुर र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।

मुम्बई पहिलो खेलमा बेंगलोरसँग ८ विकेट र चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो । मुम्बईले दिल्लीलाई ६ विकेटले हराएको थियो । मुम्बईले अव बिहीबार हैदराबादसँग खेल्नेछ ।

उता कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित हुँदा बेंगलोरलाई ८१ रन तथा गुजरात टाइटन्सलाई तीन विकेटले हराएको थियो भने हैदराबादसँग २३ रनले पराजित भएको थियो । कोलकाताले विहीबार दिल्लीसँग खेल्नेछ ।

प्रतिक्रिया