शनिबार, जेठ ५, २०८१

कोरोना भाइरस रोगबाट कसरी जोगिने ?

नेपालखोज २०८० वैशाख ४ गते ६:३८

काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ आदिले हाल फैलिरहेको कोरोना भाइरसको संक्रमणका सम्बन्धमा सबैलाई सचेत गराइसकेका छन् ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्छ ।

कोरोनाका मुख्य लक्षण

– ज्वरो आउने

– खोकी लाग्ने

– श्वास फेर्न गाह्रो हुने

– गन्ध तथा स्वाद थाहा नहुने

– पखाला लाग्ने

यस्ता लक्षणहरू देखा परे नजिकको वा तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्छ ।
जुन सुकै भेरियन्टको भए पनि कोभिड-१९ को जोखिम कम गर्न यी उपायहरू अपनाउन सुुझाब दिइएको छ :

– सही तरिकाले मास्क लगाउने

– कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने

– बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

– भिडभाड नगर्ने

– हावा आवतजावत हुने स्थानमा बस्ने

– कोभिड‍(१९ विरुद्धको खोप लगाउने ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया