प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै
नेपालखोज
२०८० वैशाख ४ गते ७:४२

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ ।
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो ।
भेटमा सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयक अगाडि बढाउने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया