शुक्रबार, जेठ ४, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० वैशाख ४ गते ११:३३

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया