आईपीएलमा आज के हुँदैछ ?

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको खेलमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) बीच प्रतिस्पर्धा हुँदैछ । खेल बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा साँझ ७ : ४५ बजे सुरु हुनेछ । एम चिन्नास्वामी रंगशालामा यसअघि भएका खेलमा दुवै टिमले मिश्रित प्रदर्शन गरेका छन् । यी दुई टिम बीच यो रंगशालामा नौ वटा प्रतिस्पर्धा भएका छन् जसमा चेन्नई र बेंगलोरले चार-चार वटा खेल जितेका छन् भने एक खेलको नतिजा आउन सकेको थिएन।
सीएसके ( CSK ) को पाँचौं खेल
आईपीएलको यो सिजनमा सीएसकेको यो पाँचौं खेल हुनेछ । उसले पछिल्ला चार खेलमध्ये दुईमा हार र दुईमा जित निकालेको छ । बेंगलुरु विरुद्धको टिममा डेभन कोनवे, मोइन अली, मिचेल सान्टनर र महिश टेकशाना गरि ४ जना विदेशी खेलाडी मैदानमा ओर्लन सक्छन् । यसका अतिरिक्त महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड र रविन्द्र जडेजा जस्ता खेलाडीले सीएसकेलाई बलियो बनाउने छन् ।
आरसीबीको दुई-दुई जित हार
आरसीबीले यो सिजनमा राम्रो सुरुवात गरेको थियो । उसले आफ्नो पहिलो खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई हराएको थियो भने दोस्रो खेलमा कोलकाता र तेस्रो खेलमा लखनउसँग पराजित भएको थियो । चौथो खेलमा बेंगलोरले दिल्लीलाई हरायो। चेन्नई विरुद्धको आरसीबी टिममा चार विदेशी खेलाडी फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा तथा वेन पार्नेल प्लेइङ इलाभेनमा पर्न सक्छन् । यसका अतिरिक्त विराट कोहली, हर्षल पटेल तथा मोहम्मद सिराज जस्ता खेलाडीले आरसीबीलाई बलियो साबित गर्ने छन् ।
हेड टु हेडमा को अगाडि ?
यी दुई टिम सन् २००८ को आईपीएलमा पहिलो पटक भिडेका थिए । त्यतिबेला चेन्नईले जित निकालेको थियो । बेंगलोर बिरुद्धको हेड टु हेड रेकर्डमा चेन्नई अगाडि छ । यी दुईबीच ३० वटा प्रतिस्पर्धा भएका छन् । त्यसमा सीएसके ले १९ वटा जीत तथा आरसीबी ले १० वटा जीत निकालेका छन् । एक खेल भने नतिजा बिहिन रह्यो ।
सम्भावित प्लेइङ इलेभन
चेन्नई सुपर किंग्स : महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महिश टेकशाना, मिचेल सान्टनर, आकाश सिंह र तुषार देशपाण्डे ।
इम्प्याक्ट प्लेयर : अम्बाती रायडु, शुभ्रांशु सेनापति, शेख राशिद तथा राजवर्धन हंगेरगेकर ।
रोयल च्यालेन्जर्स बेंगलोर : फाफ डु प्लेसिस (कप्तान) , विराट कोहली, महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकीपर), निन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज, वेन पारनेल र सुयश प्रभुदेसाई ।
इम्प्याक्ट प्लेयर : विजयकुमार वैशाक, डेभिड विली, आकाशदीप, करण शर्मा तथा अनुज रावत ।
प्रतिक्रिया