शुक्रबार, जेठ ४, २०८१

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एन्ड रिसोर्टमा विशेष छुट

नेपालखोज २०८० वैशाख ४ गते १३:२८

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई ‘ल्याण्डमार्क होटेल एन्ड रिसोर्ट प्रा. लि’ को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले ‘ल्याण्डमार्क होटेल एण्ड रिसोर्ट प्रा. लि’ अन्तर्गत का विभिन्न स्थानहरुमा (काठमाडौं, पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा मा ऐकोमोडेसन, फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएकाृ छ र इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया