तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
नेपालखोज
२०८० वैशाख ४ गते १३:४८

कालीकोट । कालीकोटको तिला नदीमा बेपत्ता हुनुभएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए ।
शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए ।
उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।
सम्बन्धित

प्रतिक्रिया