पेन्सन सुधार मुद्दामा अदालतको स्वीकृतिपछि म्याक्रोँले सोमबार देशबासीका नाममा सम्बोधन गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विवादास्पद पेन्सन सुधारसम्बन्धी कानुनमा हस्ताक्षर गरेयता पहिलो पटक सोमबार देशबासीका नाममा फ्रान्सलाई सम्बोधन गर्ने भएका छन् ।
संवैधानिक अदालतले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याउने नियममा सहमति जनाएको केही घण्टापछि म्याक्रोनले शनिबार बिहान उक्त कानुनमा हस्ताक्षर गरेका थिए ।
तीन महिनाको विरोध प्रदर्शन र हडतालपछि, वामपन्थी दल र विभिन्न सङ्घ सङ्गठनहरूले हार नमान्ने वाचा गर्दै मे १ (श्रमिक दिवस) मा व्यापक विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
सर्वेक्षणहरूले अधिकांश फ्रान्सेलीहरू सुधारको विरोधमा भएको लगातार देखाइरहेका छन् । तर सरकारले विवादास्पद संयन्त्रको प्रयोग गरेर संसदमार्फत बिना मतदान पारित गर्न अनुमति यो विधेयक पारित गरेको थियो ।
यसैबीच, म्याक्रोनको आफ्नै व्यक्तिगत लोकप्रियता दरमा ह्रास आएको छ । केही विश्लेषकहरूले उहाँले सन् २०२७ को चुनावको लामो मार्गमा अति दक्षिणपन्थी नेता मारिन ले पेनलाई सफलताका लागि मार्ग प्रशस्त गरेको छन् ।
यस प्रक्रियामा रोमनहरूलाई परास्त गर्ने तर आफ्नो सेनाको सेनाको विनास भएको देखेका ग्रीक राजाको कार्यसँग तुलना गर्दै सञ्चारमाध्यमले यसलाई ‘पिरिक विजय’ को संज्ञा दिएका छन् ।
प्रतिक्रिया