भोलिदेखि एसीसी प्रिमियर कप

नेपालखोज २०८० वैशाख ४ गते १९:४८

काठमाडौं । भोलि मंगलबार सुरु हुने एसीसी प्रिमियर कपको टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुलपानीका सबै खेल निशुल्क हुने छन भने टियु मैदानको टिकट मूल्य २ सय रुपैयाँ तोकिएको छ । यसैगरि माइ पेबाट टिकट खरिद गरे १ सय ५० रुपैयाँ तिरे पुग्छ ।

यसअघि सम्पन्न आइसिसी लिग – २ को टिकट मूल्य १ सय ५० रुपैयाँ थियो । १० वटा मुलुक सहभागी एसिसी प्रिमियर कपको उपाधि बिजेता तथा उप बिजेताले यहि अंग्रेजि वर्ष पाकिस्तानमा हुने एसिया कपमा सहभागिता जनाउने अबसर प्राप्त गर्नेछन् । एसीसी प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया तथा साउदी अरेविया छन् भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर तथा बहराइन छन् ।

यो प्रतियोगिताको सेमिफाइनल वैशाख १६ गते शनिबार हुनेछ भने फाइनल वैशाख १८ गते सोमबार हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा त्यसको भोलिपल्ट फाइनल प्रतिस्पर्धा गराउने गरि एक दिन रिजरर्भ डे राखिएको छ । यो प्रतियोगितामा तेस्रो स्थानकन लागि पनि प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा नेपालले तीन खेल टियु क्रीकेट ग्राउन्डमा खेल्नेछ भने एक खेल मुलपानीमा खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल भोली मंगलबार , बिहान ९:३० मा मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दैछ ।

नेपालको दोस्रो खेल वैशाख ८ गते शुक्रबार ओमानसँग टियुमा हुनेछ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ प्रतिस्पर्धा गर्नेछ । यसैगरी नेपालको अर्को खेल वैशाख १४ गते बिहिवार कतारसँग टियुमा हुनेछ।

प्रतिक्रिया